महिला साफ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल भुटानसँग

4 Sep, 2024

काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ। २०२४ को पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बीमा परेको छ। यो समूहमा भुटान, श्रीलंका र माल्दिभ्स छन्।

यस्तै, समूह एमा भारत, बंगलादेश, पाकिस्तान छन्।

प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग अक्टोबर १८ मा खेल्नेछ। यस्तै, नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्स र तेस्रो खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल अक्टोबर ३० मा हुनेछ।

प्रतियोगिताका सबैखेल त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]