फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डे’ओरको मनोयन सर्वाजनिक भएको छ। दुई दशकपछि सुपरस्टारद्वय लियोन मेसी र क्रिस्टियानो रोनाल्डो बिनाको बालोन डे’ओरको मनोयन सर्वाजनिक भएको छ।
सन् २००३ देखि नियमित रुपमा बालोन डेओरको मनोनयनमा रहँदै आएका मेसी र रोनाल्डोले समग्रमा १३ बालोन डे’ओर जितेका छन्। जसमा मेसीले सर्वाधिक ८ पटक उपाधि जित्दा रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्। मेसी अघिल्लो सिजनको विजेता पनि हुन्।
३७ वर्षीय मेसी अहिले अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीमा आबद्ध छन् भने ३९ वर्षीय रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध छन्।
यो वर्षको बालोन डे’ओरको पुरुष वर्ष खेलाडीमा रियल मड्रिडका ब्राजिलियन विंगर भिनिसियस जुनियर, म्यान्चेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री, रियलकै स्पेनिस डिफेन्डर ड्यानी कार्भाजल, रियलकै इंग्लिस मिडफिल्डर जुड बेलिङ्घम, रियल तथा पिएसजीका फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे दाबेदारका रुपमा छन्।
भिनिसियस, कार्भाजल, बेलिङ्घम र एबाप्पेसँगै रियलका फेडेरिको भालभर्डे, टोनी क्रुस र एन्टोनियो रुडिगर बालोन डे’ओरको सूचीमा परेका छन्। यस्तै, रोड्रीसँगै सिटीका रुबेन डियास, फिल फोडेन, अर्लिङ हालान्ड मनोनयनमा परेका छन्।
यस्तै, आर्सनलका मार्टिन ओडेगार्ड, डेक्लान रइस, बुकायो साका र विलियम सलिबा परेका छन् भने अपराजि रहँदै बुन्डेलिगा जितेको बायर लेभरकुसनका फ्लोरिन विट्ज, ग्रानिट जाका, अलेजान्द्रो गिर्माल्डो परेका छन्। बार्सिलोनाका लामिन यमाल र ड्यानी ओल्मो, इन्टर मिलानका लाउटारो मार्टिने र हाकन चोलनोलु मनाेनयनमा परेका छन्।
यस्तै बार्यन म्युनिखका ह्यारी केन, बोरुसिया डर्टमन्डका माट्स हुमेल्स, एस्टन भिल्लाका एमिलियानो मार्टिनेज, एथ्लेटिको क्लबका निको विलियम्स, जिरोनाका अर्टेम डोभबिक, पिएसजीका भितिन्हा, चेल्सीका कोल पाल्मर र युरोपा लिग विजेता एट्लान्टाका एडेमोल लुकमन मनोनयनमा परेका छन्।