रोनाल्डोले ९ सयौं गोलमा गरेको खेलमा पोर्चुगल विजयी

6 Sep, 2024
Share:
117 Shares

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल मद्दतमा नेसन्स लिगमा पोर्चुगलले विजयी सुरुआत गरेको छ । रोनाल्डोले करिअरको ९ सयौं गोल गरेको समूहको एको खेलमा पोर्चुगलले क्रोएसियामाथि २–१को जित निकाल्यो।

खेलमा तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो। सातौं मिनेटमा डिएगो डालोटले गोल गर्दै पोर्चुगललाई अग्रता दिालए। उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए।

३४औं मिनेटमा रोनाल्डोले नुनो मेन्डेसको क्रसमा वान डसमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। योसँगै रोनाल्डोले करिआरको ऐतिहासिक ९ सायौं गोल पुरा गरे। २१ वर्ष पोर्चुगलका लागि खेलेको उनको यो राष्ट्रिय टिमका लागि १३१औं गोल हो।

रोनाल्डोले क्लब फुटबलमा रियल मड्रिडका लागि ४५०, म्यान्चेस्टर युनाइटेडका लागि १४५, युभेन्ट्सका लागि १०१, अल नासरका लागि ६८ र स्पोर्टिङ सिपीका लागि ५ गोल गरेका छन्।

४१औं मिनेटमा डालोटले आफ्नै पोस्टमा गोल गरेपछि खेल २–१को अवस्थामा आयो। पहिलो हाफ २–१मा सकियो। तर, दोस्रो हाफमा थप गोल नहुँदा पोर्चुगल २–१ले विजयी भयो।

यसैबीच, समूह ए कै अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ।