रइस र ग्रिलिसको गोलमा इंग्ल्यान्ड विजयी

8 Sep, 2024

डेक्लन रइस र ज्याक ग्रिलिसले आफ्नै पूर्वदेशविरुद्ध गोल गरेपछि युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड विजयी भएको छ।

शनिबार राति भएको खेलमा राइस र ग्रिलिसको गोलमा इंग्ल्यान्डले आयरल्यान्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो।

खेलको ११ औं मिनेटमा रइसले गोल गर्दैै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। २६औं मिनेटमा रइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए।

दुवै खेलाडी आयरल्यान्डकै हुन्। उनीहरुले उमेर समूहमा आरयल्यान्डबाट खेलेका थिए। पछि उनीहरूले इंग्ल्यानडबाट खेल्ने निर्णय लिएका थिए।

त्यसपछि थप गोल नहुँदा इंग्ल्यान्ड २–० ले विजयी भयो।

यही समूहको अर्को खेलमा ग्रिसले फिनल्याण्डमाथि ३–० को जित निकाल्यो। उसका फोटिस इओनिडिसले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]