युईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो।
पहिलो खेलमा फ्रान्स इटालीसँग स्तब्ध भएको थियो। बेल्जियमको भने यो पहिलो हार हो। बेल्जिमयले पहिलो खेलमा इजरायलाई पराजित गरेको थियो।
इटालीविरुद्ध खेलेको टिममा डिडियर डेसच्यामले ८ खेलाडी परिवर्तन गरेका थिए। उनले किलियन एम्बाप्पे, एन्टोइन ग्रिजमनसहित खेलाडीलाई बेन्चमा राखेको थिए।
सोमबार रातिको खेलमा फ्रान्सलाई जित दिलाउनका रान्डल कोलोमुआनी र ओस्मान डेम्बेलेले गोल गरेका थिए।
घरेलु मैदानमा फ्रान्सले २९ औं मिनेटमा अग्रता लिएको थियो। फ्रान्सका लागि रान्डालले गोल गर्दै अग्रता दिलाएका थिए। डेम्बेले ५७ औं मिनेटमा एनगोलो कान्टेको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल नभएपछि फ्रान्स २–० ले विजयी भयो।
फ्रान्सले पहिलो ३ अंक जोडेको हो। बेल्जिमय भने हारका बाबजुद पनि ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।
यो समूहमा इटाली ६ अंकका साथ शीर्ष स्थानमा रहँदा फ्रान्स ३ अंकका साथ दोस्रो स्थानमा छ । खाता खोल्न नसकेको इजरायल भने पुच्छारमा रहेको छ।