मेसीविनाको अर्जेन्टिनालाई कोलम्बियाले हरायो

11 Sep, 2024

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पहिलो हार व्यहोरोको छ। यो इन्टरनेशनल ब्रेकमा मेसी बिनानै खेलरहेको अर्जेन्टिना बुधबार बिहान भएको खेलमा कोलम्बियासँग २–१ले पराजित भयो।

कोलम्बियालाई जित दिलाउन यर्सन मस्क्वेरा र जेम्स रोड्रिग्वेजले गोल गरे भने अर्जेन्टिनाका निकोलश गोन्जालेजले गोल गेका थिए।

२५औं मिनेटमा मस्क्व्वेराले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। दोस्रोा हाफको सुरुआतमै अर्जेन्टिनाले बराबरी गोल फर्काएको थिउा। ४८औं मिनेटमा उसका गोन्जालेजले गोल गरेका थिए।

तर, ६०औं मिनेटमा कोलम्बियाले खेलमा फनः अग्रता लियाो। प्राप्त पेनाल्टमा उसका कप्तान जेम्स रोगिग्लेवज गोल गरेका थिए।

हारका बाबजुद अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटको लिग तालिकामा शीर्ष स्थानमै रहेको छ । अर्जेन्टिनाको १८ अंक रहेको छ भने कोलम्बिया १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।

मंगलबारका अन्य खेलहरूमा इक्वेडरले पेरुलाई १–० ले पराजित गर्दा, बोलिभियाले चिलीलाई २–१ ले हराउन सफल भयो । भेनेजुएला र उरुग्वेबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]