नेदरल्यान्ड्स र जर्मनीले अंक बाँडे

11 Sep, 2024
Share:
117 Shares

युइएफए नेसन्स लग फुटबलमा नेदरल्याण्ड्स र जर्मनीले अंक बाँडेका छन्। 

समूह ३ अन्तर्गतको दोस्रो चरणको खेलमा जर्मनी र नेदरल्याण्ड्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। 

नेदरल्याण्ड्सले सुरुमै अग्रता लिए पनि त्यो जोगाउन असफल भयो । दोस्रो मिनेटमै टिजानी रिजेन्डर्सले रियान गार्भेनबर्गको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। 

३८औंं मिनेटमा जर्मनीका डेनिज उनडेभले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा उनडेभकै पासमा जोसु किमिचले गोल गरेपछि जर्मनीले पहिलो हाफको अन्त्यमा २–१ को अग्रता बनाउन सफल भयो।

तर, ५० औं मिनेटमा नेदरल्याण्ड्सका डेनियल डमफेरिसले ब्रेन ब्रोबेइको पासमा गोल गर्दै २–२को बराबरी गर्न सफल भए।

त्यसपछि दुवै टोलीबाट गोल नभएपछि उनीहरुले अंक बाँडे। यही समूहमा रहेका हंगेरी र बोस्निया हर्जगोभिनाले पनि गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छन्। 

सबै टिमले दुई दुई खेल खेल्दा जर्मनी र नेदरल्याण्ड्स समान ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । बोस्निया हर्ज गोभिना र हंगेरी एक एक अंकका साथ तालिकाको तेस्रो र चौथो स्थानमा रहेका छन्।