चेस ओलम्पियाडमा नेपालका विवेक थिङले जर्मन खेलाडीलाई हराए

13 Sep, 2024

हंगेरिको बुडापेस्टमा जारी ४५औं चेस ओलम्पियाडमा नेपालका विवेक थिङले ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचालमा विजयी सुरुआत गरेका छन्।

पहिलो चरणमा नेपालका विवेकले जर्मनीका हाहन निक्लसलाई पराजित गरेका छन्। अर्को चरणमा विवेकले अब आयोजक हंगेरीका बाकल बेन्सको सामाना गर्ने छन्।

नेपालका उच्च २२८२ रेटड सिएम विवेक थिङ शीर्ष खेलाडी हुन्। उनले यस प्रतियोगिता मार्फत ब्यक्तिगत १८ रेटिङ बढाए रेटिङ पर्फोमेन्सका आधारमा पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने छन्।

हंगेरि चेस संघको आयोजनामा सेप्टेम्बर ९ देखि २१ तारिख सम्म सञ्चालन भइरहेको ओलम्पिक रिङ्ग एक्स्पो क्लासिक चेस प्रतियोगिता ११ राष्ट्रका दुई अन्तर्राष्ट्रिय मास्टर, दुई क्याण्डिडेट मास्टर सहित २६ अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागीता छ।

जारी प्रतियोगितामा १० नेपाली खेलाडीले सहभागीता जनाउने तय थियो। तर, नेपालस्थित जर्मन दूतावासले भिसा नदिँदा विवेकले मात्र प्रतियोगितामा सहभागीता जनाएका हुन्। विवकेले अस्ट्रेलियाबाट हंगेरीको भिसा लगाएका हुन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]