चोटमुक्त हुँदै मैदान फर्कँदै मेसी

14 Sep, 2024
Share:
117 Shares

अर्जेन्टाइन सुपरस्टार लियोन मेसी चोटमुक्त हुँदै मैदान फर्कँदैछन्। मेसी सम्भवतः भोलि बिहान हुने मेजर सरक लिगको फिलाडेलफिलाविरुद्धको खेलमार्फत मैदान फर्कनेछन्।

मेसी २ महिनाअघि भएको कोपा अमेरिकाको फाइलनमा घाइते भएका थिए। उनी कोलम्बियाविरुद्धको फाइलनमा ६६औं मिनेटमा मैदान बाहिर आएका थिए। त्यसयता उनी मैदान बाहिरै छन्।

प्रशिक्षक जेरार्डो मार्टिनोले फिलाडेलफिलाविरुद्धको टिममा मेसीलाई पनि समावेश गरेका छन्। तर, खेलमा सुरुआतमै भने उनी नहुन सक्ने प्रशिक्षक मार्टिनोले बताए।

चोटका कारण ३७ वर्षीय मेसीले मेजर लिगका ९ खेल गुमाएका छन्। समग्रमा भने यो सिजन मेसीले मियामीका ११ खेल गुमाएका छन्।

चोटका कारण अघिल्लो साता भएको अर्जेन्टिनाको विश्वकप छनोटका खेल गुमाएका मेसी करिब एक महिनादेखि प्रशिक्षणमा फर्किएका छन्।

यो सिजन मेजर लिजगमा १२ खेल खेलेका मेसीले १२ गोल र १३ असिस्ट गरेका छन्।