हालान्डा चम्किँदा सिटीको लागतार चौथो जित

14 Sep, 2024

अर्लिङ हालान्डले लागतार चौथो खेलमा पनि गोल गरेपछि प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी विजयी भएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा हालान्डको गोल मद्दतमा सिटीले ब्रेन्टफोर्डमाथि २–१को पुनरामगन जित निकाल्यो।

लिगमा सिटीको लागतार चौथो जित हो। सिटीलाई जित दिलाउन दुवै गोल हालान्डले गरे। यस्तै, ब्रेन्टफोर्डका योआन विसाले गोल गरे।

खेलमा २२ सकेन्डमै विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए। तर, त्यो अग्रता लामो समय टिक्न सकेन। १९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई खेलमा फर्काए। ३२औं मिनेटमा हालान्डले नै गोल गरेपछि सिटीले २–१को अग्रता लियो। उनले गोलकिपर इडर्सनको लामो पासमा गोल गरेका हुन्।

यो सिजन उत्कृष्ट फर्ममा रहेका हालान्डले लागतार चौथो खेलमा गोल गरेका हुन्। उनले लिगको ४ खेलमा २ ह्याट्रिकसहित ९ गोल गरेका छन्।

दोस्रो हाफमा थप गोल नहुँदा सिटी चौथो खेलमा पनि शतप्रतिशत नतिजा निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]