भिनिसियस र एम्बाप्पेको गोलमा रियल विजयी

15 Sep, 2024
Share:
117 Shares

स्पेनिस ला लिगमा रियल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा भिनिसियस जुनियर र किलियन एम्बाप्पेको गोल मद्दतमा रियल मड्रिडले रियल सोसिडडाडमाथि २–०को जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५८औं मिनेटमा रियलले अग्रता लियो। पेनाल्टीमा उसका भिनिसियसले गोल गरेका थिए। अर्डा गुलेरको प्रहार सर्जियो गोमेजको हातमा लागेपछि रियलले पेनाल्टी पाएको थियो।

त्यसपछि ७५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमै रियलको अग्रता दोब्बर बनाए। भिनिसियसलाई डिबक्समा फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो।

खेलमा सोसिडाडले पनि गोलका राम्रा अवसर सिर्जना गरेको थियो। तर, उसलाई भाग्यले साथ थिए। उसका पहिलो हाफमा सेरार्डो बेकर र दुवै हाफमा लुका सुसिचको प्रहार पोस्टमा लागेर फर्किएको थियो। 

यो जितसँगै रियल ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा छ भने सोसिडाड ५ अंकसहित १६औं स्थानमा छ। ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ।

ला लिगाकै अन्य खेलमा सेभियाले गेटाफलाई १–०ले हराउँदा स्पानियोलले अलाभेसलाई ३–२ले र भिल्लारियलले मालोर्कामाथि २–१को जित निकाल्यो।