टोटनहममाथि आर्सनलको जित

16 Sep, 2024
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। आइतबार राति भएको खेलमा आर्र्सनलले टोटनहमलाई १–०ले हरायो।

आर्सनललाई जित दिलाउन गाब्रियलले गोल गरे। टोटनह्यामको मैदानमा भएको खेलमा ६४औं मिनेटमा साकाको पासमा गाब्रियलले हेडिङमार्फत गोल गरे।

जितसँगै आर्सनल ४ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। १२ अंक जोडेको म्यानेचष्टर सिटी शीर्ष स्थानमा छ।

यस्तै अर्को खेलमा न्युकासलले वुल्भ्सलाई २–१ले हरायो। खेलमा न्युकालसका लागि फाबिया सार र हार्भी ब्रन्सले गोल गरेका थिए भने वुल्भ्सका मारियो लेमिनाले गोल गरेका थिए।