रोमाले डि रोसीलाई प्रशिक्षकबाट बर्खास्त गर्‍यो

18 Sep, 2024

इटालियन क्लब एएस रोमाले मुख्य प्रशिक्षक ड्यानिअल डि रोसीलाई बर्खास्त गरेको छ। नयाँ सिजनमा चौथो चरणको समाप्तिमै रोमाले डि रोसीलाई बर्खास्त गरेको हो।

यो सँगै उनी नयाँ सिजन बर्खास्त हुने युरोपियन क्लब फुटबलको पहिलो प्रशिक्षक बनेका छन्।

डि रोसीको प्रशिक्षणमा यो सिजन रोमाले खराब सुरुआत गरेको छ। ४ खेलमा जितबिहीन रहेको उसको ३ अंक मात्र छ। क्लबको खराब सुरुआतपछि रोमाले प्रशिक्षक बर्खास्त गरेको हो।

क्लब सुरुआती चरणमै लयमा नरहेकाले डि रोसीको बर्खास्तीको निर्णय टिमको हितमा रहेको रोमाले जनाएको छ। साथै रोमाले जोश र समर्पणका साथ गरेको कामको लागि धन्यवाद दिँदै उनलाई क्लबमा स्वागत रहेको उल्लेख गरेको छ।

गत जनवरीमा जोसे माउन्हिोलाई बर्खास्त गर्दै रोमाले रोसीलाई अन्तरिम प्रशिक्षक बनाएको थियो। जुनमा उनी रोमाको पूर्ण कालिन प्रशिक्षक बनेका थिए। उनको सम्झौता २०२७ सम्म थियो।

रोसीको प्रशिक्षणमा रोमाले ३० खेल खेल्दा १३ जित, ९ बराबरी र ७ हारको सामाना गरेको थियो।

अब डे रोसीको स्थानमा इभान जुरिच आउन सक्ने बताइएको छ। उनी अहिले अर्को इटालियन क्लब टोरिनोको प्रशिक्षक छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]