एनपिएलमा खेलाडी दर्ता आव्हान, ए ग्रेडका खलाडीले १५ लाखसम्म पाउने

21 Sep, 2024

नेपाल क्रिकेट संघ (क्यान) आफैंले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज टि–२० लिग ‘नेपाल प्रिमियर लिग (एनपिएल)का लागि खेलाडी दर्ताका लागि आव्हान गरिएको छ।

क्यानले शनिबार दिउँसो एक विज्ञप्ति जारी गर्दै एनपिएलको अक्सनमा सहभागी हुन् नाम दर्ताका लागि आव्हान गरेको हो। खेलाडीले अनलाइनमार्फत अक्सनमा सहभागी हुन नाम दर्ता गर्न सक्ने छन्।

१ हजार शुल्क तिरेर असोज १२ गते सम्म खेलाडीले अक्सनका लागि नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ।

यस्तै, क्यानले खेलाडीको ग्रेड अनुसार अक्सनका लागि मूल्य पनि निर्धारण गरेको छ। जसअनुसार ए ग्रेडमा रहने खेलाडीले न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँ पाउने छन्। अक्सनमा ए ग्रेडका खेलाडीको बोली १० लाख बाट सुरु हुनेछ।

यस्तै, क्यालने बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख रुपैयाँ निर्धारण गरेको छ। अक्सनमा उनीहरूमाथि अधिकतम १० लाख रुपैयााँ बोली लाग्नसक्छ। असक्नमा सी ग्रेडका खेलाडीको बोली २ लाखबाट सुरु भएर अधिकतम ५ लाखसम्म जाने छ।

प्रत्येक ग्रेड खेलाडीमा अधिकतम बोली लागे चिठ्ठामार्फत टिमले खेलाडी पाउने छन्।

एनपिएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ। जसमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन्। क्यानले यअसघि नै प्रत्येक टिमलाई मार्की खेलाडी दिइकसेको छ। उनीहरूले जनही २० लाख रुपैयाँ पाउने छन्।