एन्ड्रिकको प्रसंशा गर्दै एन्सोलोटीले भने– उसँग केही अनौठो क्षमता छ

22 Sep, 2024
Share:
117 Shares

रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सोलाटीले ब्राजिलियन युवा स्ट्राइरक एन्ड्रिडको प्रसंशा गरेका छन्।

ला लिगाअन्तर्गत शनिबार राति भएको इस्पानियोलविरुद्धको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै एन्सोलोटीले एन्ड्रिकसँग केही अनौठो क्षमता रहेको बताए।

‘एन्ड्रिकसँग एउटा विशेष प्रतिभा छ। उसँग केही अनौठो क्षमता छ,’ उनले भने, ‘उसँग साहस छ, गुणस्तर छ।’

एन्सोलोटीले एन्ड्रिकको सुटिङ गर्ने क्षमताको पनि प्रसंशा गरेका छन्। उनले एन्ड्रिकको सुटिङ क्षमता निकै विशेष भएको बताएका छन्।

यसै सिजन ब्राजिलिय क्लब पाल्मेइरसका रियल आएका एन्ड्रिकले करिब ३० मिनेटमात्र मैदानमा बिताएका छन्। त्यससमा उनले २ गोल गरेका छन्। उनले ला लिगा र च्याम्पियन्स लिगमा डेब्यूमै गोल गरेका छन्।

उनले शनिबार राति इस्पानियोलविरुद्ध एम्बाप्पेको गोलमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनलाई डिबक्समा इस्पोनियोलका खेलाडीले फाउल गरेपछि प्राप्त पेनाल्टीमा एम्बाप्पेले गोल गरेका थिए।

थोरै समयमात्र मैदानमा बिताउन पाएपनि आफूलाई प्रमाणित गरिरहेका एन्ड्रिकलाई प्रशक्षिक एन्सोलोटीले अन्याय गरिरहेको समर्थकहरुले बताउने गरेका छन्। यस विषयमा एन्सोलोटीले आफूले कुनै अन्याय नगरेको बताएका छन्।

‘मैले एन्ड्रिकसँग अन्याय गरिरहेको छैन, यहाँ एम्बाप्पे, रोड्रिगो, र भिनिसियस जस्ता खेलाडी छन्,’ एन्सोलोटीले भनेका छन्, ‘ऊ धेरै राम्रो खेलाडी हो, उसले धैर्य गर्न आवश्यक छ र आफूलाई शान्त राख्नुपर्छ।’

मैदानमा थोरै समय पाउँदा पनि उसले गोल गर्नेमा आफू विश्वास रहेको एन्सोलोटीले बताएका छन्। ‘म निश्चित थिएँ कि छोटो समयमा, केही मिनेटमै उसले गोल गर्नेछ। ऊ विशेष छ,’ उनले भनेका छन्।