एन्फा महिला लिगमा कोशीले चन्द्रपुरलाई रोक्यो, सुपर लिग पुग्ने सम्भावना बलियो

23 Sep, 2024

काठमाडौंमा जारी एन्फा महिला लिगमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले बराबरी खेलेका छन्। सोमबार दिउँसो सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानम भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१औं मिनेटमा सुनिता सुनारको गोलमा चन्द्रपुरले अग्रता लियो। ८०औं मिनेटमा ममता राउतले गोल गर्दै कोशीलाई महत्वपूर्ण १ अंक दिलाइन्।

यो १ अंकसँगै कोशीको सुपर लिग पुग्ने सम्भावना बलियो बनेको छ। कोशी ८ खेलमा ११ अंक जोड्दै पाँचौं स्थानमा छ। यता, बराबरीले चन्द्रपुरको सुपर लिग सम्भावना भने सकिएको छ। ऊ समान खेलमा ७ अंकसहित आठौं स्थानमा छ।

लिगका शीर्ष ५ टिमबीच सुपर लिग हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]