रोड्रिगो र एम्बाप्पेको गोलमा रियल विजयी

25 Sep, 2024
Share:
117 Shares

स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले रियलले एलाभेसलाई ३–२ ले हरायो।

खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पे, रोड्रिगो र लुकास भास्क्वेसले गोल गरे भने अलाभेसका कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरेका थिए।

खेलमा रियलले पहिलो मिनेटमै भास्क्वेजको गोलमा अग्रता लियो। उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए। ४०औं मिनेटमा एम्बापेले जुड बेलिङ्घमको पासमा गोल गर्दै पहिलो हाफमा टिमलाई २–०को अग्रता दिलाए।

दोस्रो हाफको सुरुआतमै रियलले थप गोल गरेको थियो। ४८औं मिनेटमा रोड्रिगोले भास्क्वेसकै पासमा गोल गरेका थिए।

तर, अन्तिमस समयमा अलाभेसले २ गोल गर्दै अन्तर कम गरेको थियो। उसका बेनाभिडेजले ८५औं र गार्सियाले ८६औं मिनेठमा गोल गरेका थिए।

अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हरायो भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेलेका छन्।