मकवानपुरमा एन्फा यू-१४ क्याम्पका वेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो

28 Sep, 2024
Share:
117 Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा सञ्चालनमा ल्याएको यू–१४ क्याम्पका बेपत्ता भएका ६ खेलाडीमध्ये बालकमध्ये ३ जनाको शव भेटिएको छ।

कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा आवासीय सुविधासहित रहेको ४० जनालाई शनिबार बिहान सुरक्षित स्थानमा लैजानेक्रममा ६ जना पहिरोमा परेका थिए।

पहिरोमा परेका मध्ये तीन जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी बताए। उनीहरूको सनाखत हुन बाँकी छ।

एन्फाले गत वर्षदेखि बत्सलादेवी माविमा फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो।

पहिरोमा मकवानपुरका अनुप घलान, सुमन योन्जन र दिवस बानियाँ, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, निजगढका विकल रेग्मी परेको बताइएको छ।