यो सिजनको पहिलो मड्रिड डर्बी वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भयो। खेल १–१को बराबरीमा सकियो।
एट्लेटिकोको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा रियल अंक बाँड्न बाध्ययो। खेलमा रियलमा इडर मिलिटाओ र एट्लेटिकोका एंगेल कोरेआले गोल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६४औं मिनेटमा मिलिटाओको गोलमा रियलले अग्रता लियो। उनले भिनिसिय जुनियरका क्रसमा गोल गरेका थिए।
घरेलु मैदानमा गोल खाएलगत्तै एट्लेटिकोका समर्थकले रियलका गोलकिपर थिवो कोर्टुवालक्षित लाइटरलगायत विभिन्न वस्तु प्रहार गरेपछि खेल रोकिएको थियो। आफ्ना समर्थकलाई सम्झाउन प्रशिक्षक डिएगो सिमोनी तथा खेलाडीहरू कोके र राहुल जिमिनेज प्यापापिन नजिकै पुगेको छ। खेल २० मिनेट अवरुद्ध भएको थियो।
इन्जुरी समयमा एट्लेटिको बराबरी गोल फर्कायो। उसका कोरेयाले इन्जुरी समयको पाँचौं मिनेटमा काउन्टरमा गोल गरेका थिए। इन्जुरी समयकै नवौं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो। फरान गार्सियालाई खराब ट्याकल गरेपछि मार्कस लोरेन्टेले रातो कार्ड पाएका थिए।
रियल ८ खेलमा १८ अंकसहित दोस्रो स्थानमा छ भने एट्लेटिको १६ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानको बार्सिलोनाको २१ अंक छ।