नेपालका सुजनले जिते यू–१७ साफको गोल्डेन बुट

1 Oct, 2024

भुटानमा आज सकिएको यू–१७ साफ च्याम्पियनसिपमा नेपाली स्ट्राइकर सुजन डंगोलले गोल्डेन बुट जितेका छन्।

प्रतियोतिगामा नेपाल समूह चरणबाटै बाहिरिए पनि ४ गोल गरेका सुजन प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका हुन्।

सुजनले समूह चरणमा श्रीलंकाविरुद्ध ह्याट्रिक र भुटानविरुद्ध १ गोल गरेका थिए।

यस्तै, भारतका मोहम्मद अर्वास प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने। भातरलाई उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण थियो।

भारतकै सुरजसिंह ऐबाम उत्कृष्ट गोलकिपर बने। भुटानले फेयर प्ले अवार्ड पायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]