च्याम्पियन्स लिगमा आर्सनल, बार्सिलोना, सिटी र इन्टरको जित

2 Oct, 2024

युरोपियन च्याम्पियन्स लिगको दोस्रो चरणमा ठूला टिमहरू विजयी भएका छन्। मंगलबार राति भएको खेलमा जायन्ट टिमहरू म्यान्चेस्टर सिटी, बार्सिलोना, आर्सनल, इन्टर मिलान र बोरुसिया टर्डमन्ड विजयी भए।

म्यान्चेस्टर सिटीले एसके स्लोभान बार्टिसलाई ४–०ले हरायो। सिटीका लागि इल्के गुन्डोगान, फिल फोडेन, हालान्ड र जेम्स म्याकटीले गोल गरे। यस्तै, अर्को खेलमा आर्सनलले पीएसजीलाई २–० ले हरायो। आर्सनलको जितमा त्यसमा काई हाभर्टेज र बुकायो साकाले गोल गरे। च्याम्पियन्स लिगमा दुवै टिमको यो पहिलो जित हो। पहिलो लिगमा दुवै टिम बराबरीमा रोकिएका थिए।

यस्तै, बार्सिलोनाले योङ ब्वाइजलाई ५–०को फराकिलो जित निकाल्यो। उसका लागि रोबर्ट लेवान्डोस्की २ गोल गरे भने राफिन्हा र इनिगो मार्टिनेजले समान १ गोल गरे। अर्को गोल आत्मघाती भएको थियो । पहिलो खेलमा मोनाकोसँग पराजित बार्सिलोनाको यो पहिलो जित हो।

यस्तै, अघिल्लो सिजनको फाइनलिस्ट बोरुसिया टर्डमन्डले स्कटिस क्लब सेल्टिकमाथि ७–१को फराकिलो जित निकाल्दा अर्को जर्मन क्लब बायर लेभरकुसनले एसी मिलानलाई १–०ले हरायो। इन्टर मिलानले एफके क्रभेनामाथि ४–०को सहज जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]