म्यान्चेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले लागतार दोस्रो खेलमा रातो कार्ड पाएका छन्। यसैसाता प्रिमियर लिगमा रातो पाएका फर्नान्डेसले बिहीबार राति युरोपा लिगमा रातो कार्ड पाएका हुन्।
उनले चार दिन अन्तरमा २ रातो कार्ड पाएका हुन्। आइतबार राति भएको खेलमा उलने टोटनहमविरुद्ध रातो कार्डा पाएका थिए भने बिहीबार राति एफसी पोर्टोविरुद्ध रातो कार्ड पाए।
फर्नाडेन्सले रातो कार्ड पाएको खेलमा युनायटेड पोर्टोसँग ३–३को बराबरीमा रोकिएको छ। युनाइटेड एक समय २–०को लिड लिएको अवस्थामा थियो, तर त्यसपछि ऊ ३–२ले पछि परेको थियो। त्यसपछि इन्जुरीको समयको अन्त्यतिर गोल गरेपछि उसले बराबरी खेल्यो।
खेलमा युनाइटेडले सातौं मिनेटमा मार्कस रोस्फोर्डको गोलमा अग्रता लियो। त्यसपछि २०औं मिनेटमा रास्मस होइलुन्डले युनाइटेडको अग्रता दोब्बर बनाए।
त्यसपछि ७ मिनेट अन्तरमा २ गोल गर्दै पोर्टो खेलमा फर्किएको थियो। २७औं मिनेटमा उसका पेपे अक्विनोले गोल गरेका थिए भने ३४औं मिनेटमा सामु ओमोरिडिओनले गोल गरेका थिए।
पहिलो हाफ २–२को बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा ओमोरिडिओनले नै गोल गरेपछि पोर्टेले २ गोलले पछि परेको अवस्था उल्टाउँदै खेलमा ३–२को अग्रता लियो।
त्यसपछि ८१औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो। उसका कप्तान फर्नान्डेसले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। तर, १० खेलाडी र १ गोलले पछि परेको युइनाटेडका लागि इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी मग्वायरले गोल गरे गर्दैै टिमलाई हारबाट जोगाएका थिए।
युरोपामा लिगमा युनाइटेड लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो। यसअघि पहिलो खेलमा ऊ एफसी ट्वान्टेसँग १–१को बराबरीमा रोकिएको थियो।
यस्तै, अन्य खेलमा लियोनले रेन्जर्सलाई ४–१ले हराउँदा फ्रांकफर्टले बेसिक्टासमाथि ३–१को जित निकाल्यो। यस्तै, जोसे माउरिन्होको टिम फेनारबचे एफसी ट्वान्टेसँग र आयाक्स स्लाभिया प्राहासँग १–१को बराबरीमा रोकिए।