सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

एसिया रग्बीको सेमिफाइनलमा नेपालको पुरुष टिम पराजित

घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा पुरुष टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो।

नेपाल समूहचरणका तीनवटै खेलमा पराजित भएको थियो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरि आज भएको अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ।

फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ।

1.3Kशेयर