सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

यू–१९ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि भारतसँग खेल्दै नेपाल

SabaiKhel default image

घरेलु मैदानमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले भारतको सामाना गर्दैछ।

नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा आज साझ ५ः३० बजे हुने सुरु हुनेछ।

प्रतियोगितामा नेपाल समूह एको उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो भने भने समूह बीको विजेता हो। नेपालले समूहको २ मध्ये १ जित र १ हार बेहोरेको थियोे। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–०ले पराजित हुँदा अन्तिम खेलमा माल्दिभ्समाथि ४–१को सानदार जित निकलोको थियो।

यता, भारतले दुवै खेल जितेको थियो उसले बंगलादेशमाथि ३–० र भुटानमाथि २–१को जित निकालेको थियो।

साफका हरेक प्रतियोगितामा भारत नेपालको बाधक बन्दै आइरहेको छ। पछिल्ला दुई च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भारतसँग हार बेहोरेको थियो। यू–१९ साफ सुरुका दुई प्रतियोगितामा च्याम्पियन बनेको नेपाललाई त्यसयता उपाधि जित्नबाट भारतले नै रोकिरहेको छ ।

पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान आमने–सामने हुनेछन् । उक्त खेल दिउँसो १ः३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’को विजेता र भुटान समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।

1.3Kशेयर