चेल्सी नटिङहमसँग रोकिया, युनाइटेड र भिल्लाले खेले बराबरी

7 Oct, 2024

प्रिमियर लिगमा चेल्सीले दश खेलाडीमा समेटिएको नटिङहम फरेस्टसँग १-१ को बराबरी खेलेको छ। खेलमा नटिङहमले पहिले अग्रता लिएपनि चेल्सीले पुनरागमन गर्दै बराबरी खेलेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए।

खेलको ४९औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङहम फरेस्टलाई अग्रता दिलाएका थिए। तर ५७औं मिनेटमा नोनी मादुएले चेल्सीका लागि बराबरी गोल फर्काए।

७८औं मिनेटमा जेम्स वार्ड प्रोवस रातो ९दोहोरो पहेँलो० कार्ड पाउँदै मैदान बाहिरिएपछि नटिङहम दश खेलाडीमा समेटिएको थियो।

तर चेल्सीले त्यसको फाइदा उठाउन सकेन र अंक बाड्यो। बराबरीपछि चेल्सी ७ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा उक्लेको छ। नटिङहम समान खेलबाट १० अंकसहित नवौँ स्थानमा छ।

त्यसअघि म्यानचेष्टर युनाइटेड र एस्टन भिल्लाले गोलरहित बराबरी खेल्दै अंक बाडेका थिए। एस्टन भिल्ला ७ खेलबाट १४ अंकसहित पाँचौ स्थानमा छ। म्यानचेष्टर युनाइटेड ७ खेलबाट ८ अंकसहित १४औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]