नेसन्स लिगमा पोर्चुगल स्टकल्यान्डसँग रोकियो

16 Oct, 2024
Share:
117 Shares

नेसन्स लिगको चौथो चरणको खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा पोर्चुगल स्टकल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो।

स्कटल्यान्डमाथि पूर्णरुपमा दबाब बनाएपनि पोर्चुगलले गोल भने गर्न सकेन। पोर्चुगलले ७० प्रशितशत बल पोजेसन बनाउँदै १४ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो। यता स्कटल्यान्डले ४ सट प्रहार गर्दा २ सटमात्र फ्रेममा थियो।

यस्तै यही समूहको अर्को खेलमा क्रोएसिया र पोल्यान्डले पनि बराबरी खेलेका छन्। १० खेलाडीमा समेटिएको क्रोएसिया पोल्यान्डसँग ३-३ गोलको बराबरीमा रोकियो। खेलमा पहिलो हाफमा ५ र र दोस्रो हाफमा १ गोल भएको थियो।

लिग ए को समूह १मा पोर्चुगल ४ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ। क्रोएसिया ७ अंकसहित दोस्रो, पोल्यान्डको ४ र स्कटल्यान्डको १ अंकमात्र छ।