टुचेल बने इंग्ल्यान्डको मुख्य प्रशिक्षक

16 Oct, 2024
Share:
117 Shares

थोमस टुचेल इंग्ल्यान्डको मुख्य प्रशिक्षक बनेका छन्। ५१ वर्षीय जर्मन प्रशिक्षक टुचेलले इंग्लिस टिमसँग १८ महिनाको सम्झौता गरेका छन्।

उनले टिम आगामी जनवरी १ बाट सम्माल्ने छन्। टुचेलले गेराथ साउथगेटको स्थान लिने छन्। जुलाइमा युरो २०२४ को फाइनलमा स्पेनसँग इंग्ल्यान्डको हारपछि राजीनामा दिएका थिए।

त्यसपछि ली कार्स्ले टिमको अन्तिरिम प्रशिक्षक नियुक्त भएका थिए।

गत सिजनको अन्त्यमा जर्मन क्लब बायर्न म्युनिख छाडेका टुचेल इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व प्रशिक्षक हुन्।

इंग्ल्यान्डको राष्ट्रिय टोलीको प्रशिक्षक बनेपछि टुचेलले आफूलाई गर्व महसूस भएको बताएका छन्। उनले भने, ‘इंग्लिस टोलीको नेतृत्व गर्ने सम्मान पाएकोमा म निकै गर्व गर्छु। मैले लामो समयदेखि यस देशको खेलसँग व्यक्तिगत सम्बन्ध महसुस गरेको छु। जहाँबाट मैले पहिले नै केही अविश्वसनीय क्षणहरू प्राप्त गरेको छु।’