एसियन गेम्सकाे महिला फुटबलमा जापानसँग नेपालको फराकिलो हार

14 Sep, 2023

चीनमा जारी १९औं एसियन गेम्समा गेम्समा नेपाली महिला फुटबल टिमले लगातार दोस्रो हार बेहोरेको छ। वेन्झाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा सोमबार साँझ भएको खेलमा नेपाल विश्वकपको पूर्वविजेता जापानसँग ८–०को फराकिलो अन्तरले पराजित भयो।

जापानविरुद्ध नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल खाएको थियो। जापानका लागि सिओकोसी योजुहोले तेस्रो, यामामोटो योजोसोले १४औं मिनेटमा गोल गरेकी थिइन्।

यस्तै, युएनओ मामीले २७औं, वाकिसाका रिनाले ३०औं र ओसावा हारुकाले ३६औं मिनेटमा गोल गरेपछि नेपालले पहिलो हाफमा ५–०ले पछि पर्यो। ६०औं मिनेटमा साकाकिबारा कोतोनो र इन्जुरी समयमा ओसावा हारुका र हिजिकाटा मायाले गोल गरिन्।

यसअघि नेपाल पहिलो खेलमा भर्खरै विश्वकप खेलेको भियतनामसँग २–०ले पराजित भएको थियो। लागातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। अब नेपालले समूहको अन्तिम खेल बिहीबार बंगलादेशको सामना गर्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]