भुटानसँग फिनिसिङमा चुके नेपाली स्ट्राइकर, अंक बाँड्न बाध्य

19 Oct, 2024
Share:
117 Shares

नेपाली स्ट्राइकरहरू फिनिसिङमा चुक्दा नेपालले महिला साफ च्याम्पियनसिपमा सुखद् सुरुआत गर्न सकेन।

शुक्रबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरीमा रोकियो।

साफ च्याम्पियनसिपमा यसअघिका सबै भेटमा भुटानलाई हराउँदै आएको नेपाल पहिलो पटक बराबरी खेल्न बाध्य भयो। नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा नहुँदा नेपाललाई गोल गर्नै संघर्ष भयो। यस खेलमा सावित्राको अभाव प्रष्ट देखियो ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियनसिप खेलेर आएकी रेखा पौंडेल दोस्रो हाफमा मैदान प्रवेश गरेपनि गोल गर्न सकिनन्।

बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन्। नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ।