पाकिस्तान पहिलो सहभागीतामै यू–१९ साफको फाइनलमा, भुटान पराजित

27 Sep, 2023

पाकिस्तान यू–१९ साफ च्याम्पिपयनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो। सुरुका ५ पेनाल्टीमा दुवै टिमले सबै गोल गरेका थिए।

भुटानको छैठौं पेनाल्टी पाकिस्तानका गोलकिपरले बताएका थिए भने पाकिस्तानका लागि छैठौं पेनाल्टी कमिल अहमद खानले सहजै गोलमा परिणत गरे।

यो सँगै पाकिस्तान यू–१९ साफको पहिलो सहभागीतामै फाइनल पुग्न सफल भयो। अब उसले उपाधिका लागि आजै हुने नेपाल र भारतबीचको विजेतासाग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]