डच अलराउन्ड बास डे लिड पोखरा एभेन्जर्समा आबद्ध

21 Oct, 2024

आसन्न नेपाल प्रिमियर लिगका लागि पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका अलराउन्डर बास डे लिडलाई अनुबन्ध गरेको छ।

डे लिड लिगका लागि पोखराले दोस्रो विदेशी खेलाडी हुन्। यसअघि नै उसले अमेरिकाका विकेटपिकर ब्याट्सम्यान आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो।

फास्ट बलिङ अलराउन्डर २४ वर्षीय बास डि लिड नेदरल्यान्ड्सका लागि ३८ टि २० आईमा खेलेका छन्। जसमा ६९७ रन बनाएका छन्।

बास डे लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन्। टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए।

एनपिएलकै सबैभन्दा महँगो टिम पोखराले कुशल, डे लिड र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ।

एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]