चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा, म्यान्चेस्टर सिटी विजयी

21 Oct, 2024
Share:
117 Shares

चेल्सीमाथि जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति चेल्सीलाई २–१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिउको हो।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह र कर्टिस जोन्सले गोल गरे।

एनपिल्डमा सालाहले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्द लिभरपुललाई अग्रता दिलाएका थिए। ४८औं मिनेटमा निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल गरे ।
तर ५१औं मिनेटमा जोन्सले सालाहकै पासमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए।

यस्तै, अर्को खेलमा म्यान्चेस्टर सिटी विजयी भयो। उसले वुल्भ्समाथि २–१कै जित निकाल्यो। खेलमा सिटीका जोन स्टोन र जस्को ग्वार्डिओलले गोल गरेका थिए। वुल्भ्सका जोर्गेन स्टार्न्ड लार्सनले गोल गरेका थिए।

जितपछि लिभरपुलले ८ खेलबाट २१ अंक जोडेको छ र सिटीमाथि १ अंकको अग्रता कायम राख्दै शीर्ष स्थानमा उक्लेको छ। सिटीको २० अंक छ।