१ वर्षपछि मैदान फर्किए नेमार, भन्छन्- धेरै खुसी छु

22 Oct, 2024
Share:
117 Shares

ब्राजिलियन स्टार स्ट्राइकर नेमार जुयिनर १ वर्षपछि मैदान फर्किएका छन्। सोमबार राति भएको एएफसी च्याम्पियन्स लिगको खेलमार्फत नेमार ३६९ दिनपछि मैदान फर्किएका हुन्।

अल ऐनविरुद्ध साउदी क्लबअल हिलालका लागि नेमार ७७औं मिनेटमा नासेर अल दवासरीको स्थानमा मैदान प्रवेश गरेका थिए।

उनी गत वर्ष अक्टोबर १८मा विश्वकप छनोटमा उरुग्वेविरुद्धको खेलमा पहिलो हाफको इन्जुरी समयमा घाइते भएका थिए। उनको घुँडामा एसिएल इन्जुरी भएको थियो।

अघिल्लो सिजन नै ८० मिलियन पाउण्डमा पिएसजीबाट अल हिलाल आएका नेमारले गत सिजन ५ खेल मात्र खेलेका थिए।

नेमार चोटमुक्त हुने मैदान फर्किएको खेलमा अल हिलाल ५–४ ले विजयी भएको छ। जसमा अल हिलालका कप्तान समीर अल दवासरीले ह्याट्रिक गरे भने रेनान लोडी, सर्गे मिलिनकोभिच साविच र अली अल्बुलाहीले गोल गरेका थिए।

डिफेन्डिङ च्याम्पियन अल ऐनका सौफियान रहिमीले पनि ह्याट्रिक गरे भने माटेओ सानाब्रिआले गोल गरेका थिए।

एक वर्षपछि मैदान फर्किएका नेमारले मैदानबाहिर रहनु कठीन भएको बताउँदै अहिले एकदमै राम्रो महसुस गरिरहेको बताएका छन्।

‘म राम्रो महसुस गरिरहेको छु, यो धेरै कठिन भएको छ। म सधैं राम्रो टोलीसँग हुन्छु, तर म धेरै खुसी छु। म फर्किएँ, म फर्किएँ,’ खेलपछि नेमारले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने।