जनकपुरले भित्र्यायो अमेरिकन ब्याट्सम्यान ट्रोम्प, चितवनले ल्यायो दक्षिण अफ्रिकी बलर

25 Oct, 2024
Share:
117 Shares

पहिलो संस्करणको टि–२० फ्रेन्चाइज लिग नेपाल सुपर लिगका लागि जनकपुर बोल्ट्सले अमेरिकन ब्याट्सम्यान अनुबन्धन गरेको छ। उसले देस्रो विदेशी खेलाडीका रुपमा युवा ब्याट्सम्यान जोसुअ ट्रोम्पलाई अनुबन्धन गरेको हो।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प ब्याटिङक अलराउण्डर हुन्। दायाँ हाते ब्याट्सम्यान उनी मेडियम पेसर हुन्।

अहिलेसम्म सिनियर अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका उनले अमेरिकाको मेजर क्रिकेट लिग टेक्सास सुपर किंग्सबाट खेल्छन्। उनलाई अमेरिकाको राइजिङ स्टारका रुपमा लिइन्छ।

यसअघि जनकपुरले पहिलो विदेशी खेलाडीका रुपमा न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी निसमलाई अनुबन्धन गरेको छ।

यस्तै, अर्को एनपिएल टिम चितवन राइनोजले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई अनुबन्ध गरेको छ। १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्याङले दक्षिण अफ्रिकाका लागि २ टेष्ट, ४ ओडिआई र ६ टि–२० खेल खेलेका छन्।

उनीसँग विश्वरका लिग खेलेको अनुभव छ। उनलेमुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्सबाट आइपिएल पनि खेलेका छन्।