काठमाडौं गुर्खाजले ल्यायो नामिबियाका कप्तान

26 Oct, 2024

आसन्न नेपाल प्रिमियर लिगका लागि काठमाडौं गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई ल्याएको छ।

अलराउन्डर इरास्मस काठमाडौंमा आबद्ध दोस्रो विदेशी खेलाडी हुन्। नेदरल्यान्डसका माइकल लेभिटलाई अनुबन्धन गरेको छ।

२९ वर्षीय इरास्मस एसोसिएट क्रिकेटकै उत्कृष्ट अलराउन्डर र कप्तान हुन्। उनी सन् २०२२मा आईसिसीको एसोसिएट प्लेयर अफ द इयर घोषित भएका थिए।

उनले नामिबियाका लागि ५२ एकदिवसीय र ६५ टि–२० आई खेल खेलेका छन्। जसमा उनले एकदिवसीयमा १९५७ रन र ३८ विकेट लिएका छन् भने टि–२० मा १५५७ रन र ५३ विकेट लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३ शतक र २७ अर्धशतक प्रहार गरेका छन्।

काठमाडौंमा आबद्ध भएपछि इरास्मसले आफू एनपिएल खेल्न निकै उत्सुक रहेको बताएका छन्। उनले साहस र बलको लागि परिचित राष्ट्र नेपालमा एउटा आइकोनिक टोलीको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन्।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको मार्की खेलाडीमा करण केसी रहेका छन् भने बसन्त शाही मुख्य प्रशिक्षकमा छन्।

काठमाडौंले अक्ुसनबाट शाहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेललगायतलाई अनुबन्धन गरेको छ।