रोड्रीले जिते बालोन डि’ओर

29 Oct, 2024
Share:
117 Shares

म्यान्चेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीले सन् २०२४को बालोन डे’ओर जितेका छन्। सोमबार राति पेरिसमा आयोजित भव्य समारोहबीच रोड्रीलाई यो वर्षको बालोन डे’ओर प्रदान गरियो।

यसक्रममा रोड्रीले रियल मड्रिडका ब्राजिलियन सुपरस्टार भिनिसियस जुनियरलाई पछि परे। रियललाई ला लिगा र च्याम्पियन्स लिगसहित ४ उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको भिनिसियसले बालोन डे’ओर जित्ने अधिकांशको अनुमान थियो।

यस्तै, रियलकै स्पेनिस डिफेन्डर ड्यानी कार्भाजल पनि यो अवार्डका प्रमुख दाबेदार थिए। उनले रियलबाट ४ उपाधिसँगै स्पेनबाट युरोपकप पनि जितेका थिए। यी पाँचौ उपाधि दिलाउन उनको भूमिका पनि महत्वपूर्ण थियो।

तर, अनुमान विपरित रोड्रीले बालोन डे’ओर जिते। अघिल्लो सिजन रोड्रीको प्रदर्शन पनि कम्ति भने थिएन । उनले सिटीलाई प्रिमियर लिग र एफए कप तथा स्पेनलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

यस्तै, महिलातर्फको बालोन डे’ओर बार्सिलोनाकी स्पेनिस खेलाडी ऐटाना बोनमतीले जितेकी छिन्। उनले लगातार दोस्रो पटक यो अवार्ड जितेकी हुन्।