ला लिगामा बार्सिलोना विजयी

4 Nov, 2024
Share:
117 Shares

ला लिगामा बार्सिलोना विजयी भएको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा क्याटलान क्लबले इस्प्यानयोलमाथि ३–१ को जित हासिल गरेको हो।

डानी ओल्मोको दुई गोलसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले योसँगै १२ खेलबाट ३३ अंक पु¥याएको छ । जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ९ अंक बढी हो।

१२औं मिनेटमै लमिन यमलको क्रसमा ओल्मोले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । २३औं मिनेटमा राफिन्हाले उक्त अग्रता दोब्बर बनाए । यसपल्ट मार्क कासाडोको क्रसमा गोल सम्भव भएको हो।

३१औं मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। उनले एलेजान्ड्रो बाल्डेको पासमा गोल गरेका हुन्।