फेरि घाइते भए नेमार

5 Nov, 2024

ब्राजिलियन सुपरस्टार नेमार फेरि घाइते भएका छन्।

घुँडाको चोटबाट मुक्त हुँदै १ वर्षपछि मैदान फर्किएको २ सातामै नेमार पुनः घाइते भएका हुन्।

एएफसी च्याम्पियन्स लिगअन्तर्गत सोमबार राति भएको स्टेटघलाल एफसीविरुद्धको खेलमा नेमार घाइते भएका हुन्। उनको तिघ्रामा सामस्या देखिएको छ।

प्लेइङ सेटमै रहेका नेमार २९औं चोट बोक्दै मैदान छाड्न बाध्य भएका थिए। मैदान छाड्दा उनी फ्रस्टेट देखिन्थे। उनका चोटका बारे थप परीक्षण पछि मात्र थाहा हुने बताइएको छ।

अघिल्लो सिजनमा मात्र पिएसजीबाट साउदी क्लब अल हिलाल आएका नेमारले कुल ७ खेल मात्र खेलेका छन्।

नेमार घाइते भएको खेलमा अल हिलाल ३-०ले विजयी भएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]