रोकिएको यू-१८ लिग कात्तिक २८ बाट सुरु हुने

11 Nov, 2024
Share:
117 Shares

ललित स्मृति यू–१८ एन्फा युथ लिगका खेलहरू पुनः सुरु हुने भएको छ। बीचमै रोकिएको लिगका खेलहरु कात्तिक २८ गतेदेखि पुनः सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एन्फाले सोमबार लिगका बाँकी खेलको तालिका सर्वाजनिक गर्दै लिग पुनः सुरु हुने जनाएको हो। लिगको पहिलो चरणका ४८ खेल भएपछि लिग अनिश्चित बनेको थियो।

जस अनुसार कात्तिक २८ गते बुधबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र एनआरटीबीच १२ बजे तथा दोस्रो खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच ३ बजे हुनेछ।

लिगमा ३ विभागीय टिमसहित १२ टिम सहभागी छन्।