ताजकिस्तानसँग नेपालको फराकिलो हार

13 Nov, 2024

मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले फकाराकिलो हार व्यहोरेको छ। बुधबार साँझ भएको खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–०ले पराजित भयो।

५ महिनापछि मैदानमा उत्रिएको नेपाली टिम बलियो ताजकिस्तासँग फिका देखिएको थियो। नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल खाएको थियो।

खेलमा ताजकिस्तानका लागि ताजिकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे।

योसँगै अन्तरिम मुख्य प्रशिक्षक नविन न्यौपानले हारबाट राष्ट्रिय टिमको प्रशिक्षण यात्रा थालनी गरेका छन्। एन्फाले अघिल्लो महिनामात्र नवीनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो।

अब नेपालले यही मैदानमा मंसिर १ गते अफगानिस्तानसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]