सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

विराटनगरले भित्र्यायाे अफगानी युवा अलराउन्डर इस्मत आलम

SabaiKhel default image

आसन्न नेपाल प्रिमिर लिगका लागि विराटगनर किंग्सले अफगानिस्तानका युवा अलराउनडर इस्मत आलमलाई अनुबन्धन गरेको छ। विराटनगरले उनलाई पाँचौं विदेशी खेलाडीका रुपमा अनुबन्धन गरेको हो।

२२ वर्षीय आलाम अफगानिस्तानका उदीयमान ब्याटिङ अलराउन्डर हुन्। उनले अहिलेसम्म राष्ट्रिय टिममा भने डेब्यू गरेका छैनन्।

विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका अकिब इलियास, क्यानडाका निकोलस कीर्टन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।

विराटनगरमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन् भने टिमको प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन छन्।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

1.3Kशेयर