चितवनले भित्र्यायो इंग्ल्यान्डका स्टार अलराउन्डर बोपरा

15 Nov, 2024

आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)का लागि चितवन राइनोजले इंग्ल्यान्डका स्टार अलराउन्डर रवि बोपारालाई अनुबन्ध गरेको छ।

इंग्ल्यान्डबाट १७१ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका उनले तीन वटै (टेस्ट, एक दिवसीय र टी–२०) फर्म्याटमा उत्कृष्ट प्रर्दशन गरेका छन्।

सन्न्यास घोषणा नगरेपनि उनी लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा भने देखिएका छैनन्। तर, फ्रेन्चाइज क्रिकेटमा उनको प्रदर्शन उत्कृष्ट छ।

उनले यसै महिना सम्पन्न हङकङ सुपर सिक्स खेलेका थिए। जसमा उनले भारतविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए।

३९ वर्षीय बोपरा इंग्ल्यान्डका पूर्वकप्तान पनि हुन्। सन् २०१६ मा इंग्ल्याण्डको टिमको कप्तान पनि भएका थिए ।

टी–२० लिगहरूम ४७८ खेलबाट ९ हजार ४८६ रन र २९१ विकेट लिएका छन् । उनीसँग आइपिएल, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग खेलेको पनि अनुभव छ।

चितवन राइनोजमा आबद्ध भएपछि बोपाराले नेपालमा क्रिकेटप्रतिको क्रेज र समर्थनबारे जानकार रहेको बताउँदै नेपालमा आएर खेल्नका लागि उत्साहित रहेको बताएका छन्।

यसअघि उसले नामिबियाका जोन निकोल लोफ्टी इटोन, अफागानिस्ताका हसन इसाखिल, इंग्ल्यान्डका लुक बेन्केस्टन र मर्चेन्ट डे ल्याङलाई अनुबन्धन गरेको छ।

चितवनको कुशल मल्लसँगै शरद भेषावकर, कमलसिंह ऐरी, रिजन ढकाल, अमरसिंह रौटेलालगायत नेपाली खेलाडी छन्। टिमको मुख्य प्रशिक्षकमा उमेर पटवाल छन्।