एनपिएलको मजा स्टार स्पोर्ट्सबाट लिन पाइने

15 Nov, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ल पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) चर्चित स्पोर्ट्र्स च्यालन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशासन हुने भएको छ।

क्यानले शुक्रबार एक कार्यक्रम गर्दै सोको दियो। नेपाली घरेलु खेलकुद पहिलो पटक स्टार स्पोर्ट्समा आउन लागेको छ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपिएल स्टार स्पोर्ट्समा प्रशारण हुन्छ भने सुनाउन पाउँदा गर्वको महसुस भएको बताए। यसले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाउने र अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका खेलाडीलाई एनपिएलमा ल्याउन सहज हुने उनले बताए।

यस्तै, सिद्धार्थ बैंक ५ वर्षका लागि एपिएलको टाइटल प्रायोजन गरेको छ।

८ टिमको सहभागीता रहने एनपिएल मंसिर १५ गतेबाट सुरु हुनेछ।