लुम्बिनीले भित्र्यायो वेस्टइन्डिजका युवा बलर

15 Nov, 2024
Share:
117 Shares

नेपाल प्रियिमर लिग टिम लुम्बिनी लायन्सले वेस्टइन्डिजका युवा लबर रामोन सिमण्ड्सलाई अनुबन्धन गरेको छ।

२० वर्षीय युवा फास्ट बलर सिमोन्ड्स यू–१९ विश्वकपबाट उदाएका खेलाडी हुन्। त्यही प्रदर्शन उनले यसै सिजनको क्यारेबियन प्रिमियर लिगमा पनि देखाएका छन्।

रोहितकुमार पौड्ल मार्की खेलाडी रहेको लुम्बिनीमा आबद्ध हुने उनी चौथो विदेशी खेलाडी हुन्। यसअघि लुम्बिनीले अस्ट्रेलियाका बेन कटिङ, भारतीय मुलका अमेरिकन खेलाडी उन्मुक्त चन्द र इंल्यान्डका टम मुरेलाई अनुबन्ध गरेको छ।

लुम्बिनीमा आबद्ध भएपनि सिमोन्ड्सले यो आफ्नो करिअरको रोमाञ्चक क्षण भएको बताएका छन्। नेपालीहरूको क्रिकेटप्रतिको उत्साहको बारेमा आफूले धेरै सुनेको बताउँदै उनले अब मैदानमा नै त्यो उर्जा हेर्न आतुर रहेको बताएका छन्।

लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन फाडनिस छन् भने उनलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा शक्ति गौचनले सघाउने छन्। टिमको ब्रान्ड एम्बासडरमा महानायक राजेश हमाल छन्।

८ टिम सहभागी हुने एनपिएलको पहिलो संस्करण मंसिर १५ गतेबाट सुरु हुँदैछ ।