जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

19 Nov, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिगका लागि जनकपुर बोल्ट्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।

जनकपुरले सोमबार साँझ जनकपुरमै एक कार्यक्रम आयोजना गर्दै एनपिएलको लागि जर्सी सार्वजनिक गरेको हो।

कार्यक्रममा मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले संयुक्त रुपमा सार्वजनिक गरे।

मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्ट्सले सफलता पाउने बताए। खेलाडीको मनोवल बढाउन प्रदेश सरकार चुकेको उनले स्वीकारे।

जर्सी अनावरन कार्यक्रममा जनकपुर बोल्ट्स्का खेलाडीहरू अनिल कुमार साह, ललितनरायण राजवंशी, अरनिको यादव, शुभ कंस्कारलगायत उपस्थित थिए।

जनकपुरले मंसिर १५ गते उद्घाटन खेलमा विराटनगर किंग्सको सामना गर्ने छ। उसले प्रतियोगिताका लागि विदेशी खलाडीमा न्युजिल्यान्डका अलरान्डर जिमी निसम, पाकिस्तानका सोयब मक्सुद र मुहम्मद मोहसिन, श्रीलंकाका लहिरु मिलान्था, अमेरिकाका जोसुआ ट्रुम्पलाई अनुबन्धन गरेको छ।