मेसीले कीर्तिमान बनाएको खेलमा अर्जेन्टिना विजयी

20 Nov, 2024
Share:
117 Shares

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ। बुधबार बिहान भएको खेलका हर्जेन्टिनाले पेरुमाथि १–०को जित निकाल्यो।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले निर्णायक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा मार्टिनेजले गोल गरेका थिए।

यो असिस्टसँगै अन्तर्राष्ट्रिय फुटबलमा मेसीले कीर्तिमान बराबरी गरेका छन्। यो उनको अर्जेन्टिनाका लागि ५८औं असिस्ट थियो। उनले अमेरिकाका लन्डन डोनोभनको कीर्तिमान बराबरी गरेका छन्।

त्यसपछि ब्राजिलका नेमार छन्। उनले ५७ असिस्ट गरेका छन्।

खेलमा त्यसपछि गोल नहुँदा अर्जेन्टिना विजयी भयो। जितपछि उसले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। अर्जेन्टिनाको २५ अंक छ भने दोस्रो स्थानको उरुग्वेको २० अंक छ। पेरु भने ७ अंकसहित पुछारमा छ।