विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

17 Oct, 2023
Share:
117 Shares

खराब लयबाट गुज्रिरहेको अस्ट्रेलियाले एकदिवसीय विश्वकपमा पहिलो जित हात पारेको छ।

लखनऊमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको हो। अस्ट्रेलिया यसअघिका दुई खेलमा लगातार पराजित भएको थियो। श्रीलंकाको भने प्रतियोगितामा यो लगातार तेस्रो हार हो।

जितका लागि २ सय १० रनको लक्ष्य पाएको अस्ट्रेलियाले ५ विकेट गुमाएर ३५।२ ओभरमा २ सय १५ रन बनायो । अस्ट्रेलियाका लागि ओपनर मिचेल मार्सले ५२ रन बनाए । यस्तै जोस इङलिसले ५८ रनको योगदान दिए।

त्यसअगाडि पहिले ब्याटिङ गरेको श्रीलंका ४३।३ ओभर मात्र टिकेको थियो। श्रीलंकाले सबै विकेट गुमाएर २ सय ९ रन मात्र बनायो । श्रीलंका २ विकेट गुमाएर १ सय ५७ रनको स्थितिबाट सस्तोमा अलआउट भएको हो।

श्रीलंकाका लागि ओपनरद्वयमध्ये पाथुम निसन्काले ६१ र कुशल परेराले ७८ रन बनाए। अस्ट्रेलियाली बलरमध्ये एडम जाम्पाले उत्कृष्ट बलिङ गरे र उनले ४७ रन खर्चिएर चार विकेट लिए।