भिनिसियस लिभरपुलविरुद्ध नखेल्ने

26 Nov, 2024
Share:
117 Shares

रियल मड्रिडका ब्राजिलिय स्टार भिनिसियस जुनियर घाइते भएका छन्। ला लिगा अन्तर्गत आइतबार राति भएको लेगानेससँगको खेलपछि भिनियसस घाइते भएका छन्।

सो खेल पुर ९० मिनेट मैदान बिताएका भिसियसमा ह्यामिस्ट्रिङ समस्या देखिएको छ।

योसँगै उनले च्याम्पियन्स लिगको लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन्। भिनिसिय करिब १ महिना मैदानबाहिर रहने बताइएको छ।

यो सिजन च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरेको रियलले भोलि एन्डफिल्डमा लिभरपुलसँग खेल्नेछ।

आफ्ना स्टार खेलाडीविना लिभरपुललाई एन्डफिल्डमा हराउनु रियलका लागि चुनौतीपूर्ण हुनेछ। लिभपुलविरुद्ध भिनिसियस मात्र होइन, इडर मिलिटाओ, ड्यानी कार्भजल, रोड्रिगो, लुकास भास्क्वेसलगायत महत्वपूर्ण खेलाडी पनि हुनेछैनन्।