४८ घण्टा नबित्दै एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’

27 Nov, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारबाट सुरु हुँदैछ।

कीर्तिपुरस्थित टियू मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सको खेलसँगै एनपिएलको पहिलो संस्करण सुरु हुनेछ।

प्रतियोगिताका लागि क्यानले मंगबलार रातिबाट टिकट बिक्री सुरु गरेको थियो।

टिकट बिक्री सुरु भएको ४८ घण्टा नबित्दै उद्घाटन खेलको टिकट सबै बिक्री भएको छ। एनपिएलका टिकट विक्रीको जिम्मा पाएको खल्तीले उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भएको जनाएको छ।

क्यानले उद्घाटन खेलका लागि टिकटदर साधरणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकेको थियो।

क्यानले लिग चरणका अन्य खेलको टिकट साधरणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ निधाएरण गरेको छ। यस्तै, प्लेअफका तीन खेलको लागि साधारणतर्फ ५ सय र भिआईपीतर्फ ७ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

दिनमा २ खेल भए एउटा टिकटले दुवै खेल हेर्न पाइननेछ।

क्यानले फाइनलका लागि भने साधारणतर्फ ५ सय र भिआईपीतर्फ १ हजार रुपैयाँ टिकमूल्य निर्धारण गरेको छ।

क्यानले सम्पूर्ण खेलको टिकट एकै पटक किन्दा विशेष छुटको व्यवस्था पनि गरेको छ। जसमा दर्शकले २० प्रतिशत छुट पाउनेछन्।

सिजनल टिकटको साधारणतर्फ ४ हजार ४ सय ८० र भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ पर्छ।