मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगे

28 Nov, 2024

नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी टिम विराटनगर किंग्समा आबद्ध २ विदेशी खेलाडी न्युजिल्यान्डका ओपनर मार्टिन गप्तिल र क्यानेडियन ब्याट्सम्यान निकोलस क्रिटन नेपाल आइपुगेका छन्।

पहिलो संस्करणको नेपाल प्रियिमर लिग खेल्ने उनीहरू बिहीबार दिउँसो नेपला आइपुगेका हुन्।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले गप्तिल र क्रिटनसँगै ओमानका अकिब इलियास, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलमलाई अनुबन्धन गरेको छ।

टिमको मुख्य प्रशिक्षका आयरल्यान्डका पूर्वकप्तान केभिन ओ’ब्रायन छन् भने टिममा प्रतिश जिसी, जितेन्द्र मुखिया, लोकश बम, बासिर अहमदलगायत नेपाली खेलाडी छन्।

विराटनगरले उद्घाटन खेलमा शनिबार जनकपुर बोल्ट्ससँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]